मङ्लबार, बैशाख १८, २०८१

ठोस प्रस्ताव सहित मुलुकमा जारी समस्या सम्बोधनको लागि एमाओवादीका अध्यक्ष प्रचण्ड वार्ताको वातावरण बनाउँदै

काठमाडौं मागै १३, एमाओवादीका अध्यक्ष प्रचण्डले तराई मधेसमा जारी आन्दोलन मधेसी मोर्चाले उठाएका माग र सिमानाकाको अवरोध लगायतका सवालमा सम्���ोधन गर्न भन्दै आज पनि छलफल गर्दै हुनुहुन्छ । शनिवार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली त्यस्तै गरि व्यवस्थापिका संसदमा प्रमुख Untitled-1प्रतिपक्षीदल नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग गरेको छलफल अनुसार आज सत्तासिन दल र मधेसी मोर्चाका नेतासँग छलफलको तयारी गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

छलफलको क्रममा एमाओवादीका अध्यक्ष प्रचण्डले कोइरालासँग मधेसको समस्या एकमुस्ट रुपमा समाधान हुनेगरी सहमतिको प्रस्ताव गर्नुभएको थियो । तर कोइरालाले भने आफ्नो पार्टी नेतृत्वको सरकारले दर्ता गरेका विधेयक तथा प्रस्ताव पारित गर्नुपर्नेमा अडान राखेपछि प्रमुख तीन दलबीच फेरि छलफल गरेर सहमतिमा पुग्ने सहमति बने अनरुप आजको वार्ता हुँन लागेको बताईएको छ । यसैवीच मधेसी मोर्चाको एक नेताका अनुसार सत्ताधारी दलले ठोस योजना प्रस्तुत नगरेका कारण वार्ताले गति दिन नसकेको बताएँदै जति छिटो ठोस योजना प्रस्तुत हुन्छ त्यतिनै छिटो समस्याको निकास निस्कने बताएका छन ।