पीडा त पीडा नै हो, चाहे मधेशीसी होउन वा पहाडे या हिमालीनै सबैका लागी पीडा बराबर भएकोछ, अहिले नेपालमा । पहाड र हिमाललाई दुख्दा मधेशलाई पनी त दुख्नु पर्यो, त्यस्तै मधेश र हिमाललाई दुख्दा पहाडलाई पनी दुख्नु पर्यो अनि पहाड र तराई एवम् मधेसलाई दुख्दा हिमाललाई पनी त पीडा हुनु पर्यो नि । अखण्ड नेपाल त अखण्ड नै हो । त्यसमा दुइमत छदै छैन । हामी हिमालदेखि मधेस एवम् तराईसम्म केवल पाँच विकास क्षेत्रले बाधिएको अवस्थामा ठिकै थियौ । जब प्रादेशीक संरचनामा जाने कुरा भयो, हामी त्यसैमा अडिन नसक्दा अहिले पहाड र हिमालमा नेपाली जनताले चाँड पर्वको बेला नाकाबन्दीले दिएको असहयीय पीडा बेहोर्नु परेकोछ । यसको असर मधेसले वा मधेसी जनताले पनी भोगीरहेका छन । यहासम्मकी अस्पताल बन्द हुने अवस्थामा छन । काँचो अन्न त भकारीमा छ तर पकाउनलाई इन्धन छैन । यदि पाँच विकास क्षेत्र नै राम्रो हो भने, तिनै क्षेत्रलाई पाँच प्रदेशका नाममा नामांकित गरीदिएर समस्या समाधानको बाटो लिए भईहाल्यो नी, सरकार चलाउनेले । सुदुर पश्चिमलाई थारुवान भनेर, पश्चिमान्चललाई कर्णाली भनेर, मध्य पश्चिमाञ्चललाई मधेस भनेर, मध्यमाञ्च्लाई वाग्मती भनेर र पूर्वाञ्च्ललाई जनकपुर भनेर सम्बोधन गर्दा पनी राम्रै होला ।
मधेसका समस्या जायज हुन र सबै सहमत राख्छन । हामी पनी सहमत छौ । र राजनैतिक हिमायतीहरु पनी कसैले नकार्न चाहदैनन र चाहे हिजो सरकारमा बसेकाले होस वा अहिले बसेका सबै, त्यहि भन्छन । यदि आफ्नै राजनैतिक रडाको नहुने हो भने त मधेसका सवै पार्टी समाहित एउटै दल बनाउन पहल गर्ने पनी कुनै नेता देखिएन । सबै आ–आफ्नै डम्फुको तालमा रमाइरहेका छन । नेपाली जन–जनबाट भारत विरोधी अभियान चलिरहेको बेला आगामी दिनमा यस्तो नहोस मधेसी जनता पनी भारत विरोधी अभियानमा लाग्न वाध्य होउन । मधेसी नेता मधेसकै जनताबाट तिरस्कृत होउन । यस्तो कदापी चाहदैन मधेसी नेताले । जब मधेसी जनताको विचमा राजनिती गर्नु नै छ भने भारतको अघोषित नाकावन्दीलाइ बल नपुर्याउनोस मधेसी नेताहरुले । भारतलाई के फरक पर्छ, नेपाली जनता मरुन की बाँचुन । भारतको सरकार र सरकार चलाउने संयन्त्र यति नांगिएलान भन्ने नसोचेका नेपाली जनता पीडामा भए भारतलाई के फरक पर्छ रु मधेसी जनता हैन नेता मात्र आन्दोलनमा भएको अवस्था हो यो । मधेश जलिरहेको अवस्थामा मधेशी जनता नै यसको विरुद्ध छन । अहिले मधेसका नेताहरुलाई गाउ गाउका जनता यसरी अनुनय विनय गर्दै नाकाबन्दी हटाउ भनिरहेका छन । तर हठी बनेका नेताजीहरु, कोही सरकारमा सामिल भए । कोही सरकारमा सामेल हुन नपाएर कोहि अझै पनि आन्दोलनको पिटिरहेका छन । । तर यसवीचमा जनताले पाएको सास्तीको सम्बोधन गर्न कोहि तयार छैन किन ? राजनैतिक रुपमा मधेसका सबै मुद्दाको समाधान सहित संशोधनका लागी आन्दोलन हो की, आ–आफ्ना राजनैतिक पार्टी बलीया बनाउनका लागी हो रु यदि राजनैतिक रुपमा बलियो हुन हैन भने, सबै पार्टी संयन्त्र परित्याग गरी शान्तिपूर्ण रुपमा मधेशको आन्दोलन चर्काउ त्यसवेला लाखौ नेपाली जनता तराई मधेसबाट व्यवस्थापिका संसद घेराउमा जान तयार हुनेछन । आफ्नो खर्च पानी बाँधेर महिनौ मधेसको समस्या सम्बोधन नभए व्यवस्थापिका संसद बाहिर डेरा हालेर बस्न तयार हुनेछन । मधेस आन्दोलनको परिकल्पना, दुरदर्शिता र दृष्टिकोण सकारात्मक हुनु पर्यो र मधेश तथा मधेसी जनताको हितमा हुनु पर्यो न कि कुनै दल विशेषको महत्वका लागी । जति नेता छन, त्यतिवटा पार्टी छन मधेसमा । नेताजीहरु मधेशका मुद्दा सम्बोधन होउन वा नहोउन सरोकार भन्दा पनी कसरी सरकारमा पुग्न सकिन्छ को सरोकारमा लागेको पाईन्छ । मधेस आन्दोलनको नाममा नेपाली जनतालाई पीडा पुर्याउने नेताजीले मधेसी जनताबाटै मधेसमा तिरस्कार हुनुको भविष्यप्रति सचेत हुन सके । गाउ गाउ र जनस्तरमा एउटा मात्र मधेशी दल मधेशका समस्या समाधानका लागी भनेर आईदिए ठिक होला । नत्र ढिलो चाडोका कुरा हो । अलि–अलि आफुलाई स्थापित गर्न कम्मर कसेका मधेसी नेतालाई मधेसकै जनताले चुनावमा मज्जा चखाउने दिन धेरै ताढा छैन । यसवीचमा सवैलाइ चेतना भया , तिहारको वेलामा दिएका आशिष पनी फलुन फुलुन । नेपाली जनता आफ्नै निर्भरताका लागी जुटुन । जय मधेश, जय पहाड, जय हिमाल सहितको अखण्ड नेपाल अर्थात जय नेपाल !