शनिबार, बैशाख ८, २०८१

सरकार,जनता भोकभोकै रात काट्न बाध्य छ्न् !

IMG_20150414_132016-1-150x150-रविना महर्जन २०७२ सालको सुरुवात मै विनाशकारी भूकम्पलाई पाहुनाको रुपमा स्वागत गर्नुपर्यो नेपाली जनताले।हजारौंको संख्यामा लासहरु यत्रतत्र छरिए त हजारौं घाइते भएर शैय्यामा छ्ट्पटाए पनि। त्यतिमात्रै होइन आफन्त गुमाउनुको पीडा संगसंगै घरबारबिहिन हुनुपरेको पीडा पनि थपियो।

त्यति बेला पनि सरकार लाचार नै देखिएको थियो। रेडियो अनि टेलिभिजनमा धैर्य हुन आव्हान मात्र बढी गरियो।राहत सामाग्री वितरणमा पनि अनियमितता भयो तर छानबिन प्रभावकारी भएन,फलतस् पीडित झन् पिडामा बाँच्न बाध्य भए। भूकम्पले गरेको विनास सेलाउन नपाउँदै कैलाली घटना प्रकरणले पनि देशमा ठुलै तहल्का मच्चायो। असोज ३ मा जारी भएको संविधानले राष्ट्रमा परिवर्तनका किरणहरु ल्याउलान् कि भन्ने आशमा बसेका करोडौं जनतामा निराशा बाहेक अरु केही हात लागेन। संविधान जारी भएलगत्तै भारतद्वारा गरिएको अघोषित नाकाबन्दीले नेपाली जनताको मुखबन्दी हुने अवस्थामा पुगिसक्यो।तर विडम्बना, सरकार सान्त्वना मात्र दिन तल्लिन रहेका छन् ।  नाकाबन्दी संगसंगै देशमा पेट्रोलियम पदार्थ देखि लिएर ग्याँसको हाहाकार मच्चिएको त छँदै छ।अभाव संगै कालोबजारीले चरम सिमा नाघिसकेको छ। खोइ सरकारको ध्यान यतातिर कहिले केन्द्रीत हुनेरुरु अर्कोतिर मधेसकेन्द्रीत दलहरुद्वारा जारी बन्दले देशको शैक्षिक ,आर्थिक अनि भौतिक विकासमा पुर्याएको क्षतीको आँकलन गर्न नसक्ने अवस्थामा पुगिसक्यो।प्रधानमन्त्री ,राष्ट्र्पति निर्वाचन अनि मन्त्रीपरिषद गठन गर्नमा मात्र व्यस्त भएर के देशको विकाश सम्भव छ ररु देशले नयाँ राष्ट्र्पति पायो भन्दै भव्य भोज आयोजना गरिन्छन् अनि एकातिर जनता भोकभोकै रात काट्न बाध्य छ्न् तर यो हेर्ने फुर्सद कुनै पार्टीलाई छैन।

गरिब जनताका घरमा चुल्हो बल्न छोडिसके।लाखौं बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकार हनन भैसक्यो। हजारौं विद्यालय पेट्रोल अनि डिजेलको अभावमा बन्द हुने अवस्थामा पुगिसके।सडकमा चलेका सवारीसाधनमा यात्रुको चाप अत्यधिक भएकै कारण दुर्घटनाको संख्या दिनहुँ बढ्दै गइरहेका छन् ।चाडपर्व नजिकिँदै गर्दा रसुवामा भयानक बस दुर्घटनामा आफ्ना ज्यान गुमाउन परे निर्दोष नेपालीले। सरकारले दिन सक्यो मात्र श्रद्धाञ्जली। दशैँ तिहार आयो तर जनतामा कुनै खुशी छैन ।अभाव नै अभावमा जनताले चाड त मनाए तर उनिहरुभित्रको पीडा सरकारले कहिले बुझ्ने हुन् थाहा छैन।  समग्रमा देशले भोग्नुपरेको समस्याको प्रमुख कारण परनिर्भरता नै हो। सरकारले नेपाललाई आत्मनिर्भर बनाउन गर्नुपर्ने कार्यको सुचि धेरै छन् । ती मध्य नयाँ सोच र शिक्षामा आधारित देशको सार्वभौमसत्ता,अखण्डता र एकतालाई मजबुत पार्नुपर्ने प्राथमिकतामा रहेको देखिन्छ। हिमाली,मधेसी तथा पहाडीको मिश्रणयुक्त सिंगो राष्ट्र र जनता प्रति पूर्ण समर्पित व्यक्तिको सामुहिक नेतृत्वमा आधारित राजनैतिक शक्ति निर्माण हुनुपर्ने देखिन्छ। देशका युवावर्गलाई स्वदेश मै रोजगारीका अवसर सिर्जना गरि देश विकासमा परिचालन गर्नुपर्ने देखिन्छ। परनिर्भरतामा आजसम्म अघि बढिरहेको नेपाललाई आत्मनिर्भर बनाउन सबै दलले नयाँ कदम यथाशीघ्र चाल्नुपर्ने देखिन्छ।यी सब कार्य भन्दा पनि वर्तमान देशको अवस्था नियाल्ने हो भने जनताले भोग्नुपरेका अत्यावश्यक वस्तुको अभावलाई कसरी सहज बनाउन सकिन्छ भन्ने कुरा तिर ध्यानाकर्षण हुनु अपरिहार्य रहेको छ। तर कहिले ?