मङ्लबार, बैशाख २५, २०८१

मधेस आन्दोलन सम्बोधनको लागि काँग्रेसको पहल, काँग्रेस र मधेसकेन्द्रीत दलवीचको छलफल सकारात्मक

काठमाडौ कात्तिक २८, मुलुकमा गत आश्विन ३ गते जारी नयाँ संविधान प्रति विमति जनाउँदै मधेसमा विगत लामो समयदेखि आन्दोलन गर्दै आइरहेका मधेस केन्द्रीत दलको मागको सम्बोधनका लागि भन्दै व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षीदलका रुपमा रहेको नेपाली काँग्रेसले आन्दोलनरत मधेसी दलसंग Nepali_Congressआजबात औपचारिक वार्ता सुरु गरेको छ । हुनत यसअघिनै अर्थात तिहार अगाडिनै काँग्रेसले मधेसी दलसंग बार्ता गर्ने भनिएपनि कारणवस समय नमिलेका कारण तिहार लगत्तै वार्ता थाल्ने तयारी काँग्रेसले गरेको थियो ।

प्रस्तुत तयारी अनुरुपनै आजबाट प्रमुख प्रतिपक्षिदल काँग्रेसले जारी आन्दोलनले जवजिवन कष्टकर भएको भन्दै छिटो भन्दा छिटो वार्ता संवादको माध्यमबाट समस्याको हल गर्नु पर्छ भन्दै वार्ताको पहलकदमी लिएको हो । यसै प्रसंगमा आज सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा काँग्रेसका कावा सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य महेश आचार्य र सचेतक ईश्वरी न्यौपाने र तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, सङ्घीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव र नेता अशोककुमार राई, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र हृदयेश त्रिपाठी तथा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णवीच भएको प्रारम्भिक वार्ता आशातित रुपमा सफल भएको बताइएको छ ।

वार्ताका्े क्रममा मुलुकमा व्याप्त असहज परिस्थितिको अन्त्यका लागि आ–आफ्नो ठाउँबाट यथाशीघ्र पहल र प्रयत्न गर्ने निष्कर्ष निकाल्नु पर्नेमा एकमत बनाउँदै काँग्रेसले मधेसको आन्दोलनको माग अनुरुप जारी समस्या समाधान गर्न आफ्नो नेतृत्वको सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव अविलम्ब पारित गराउँन आवश्यक भूमिकाको निमांण गर्ने पक्षमा दवै दल सहमत भएको बुझिएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031