आइतवार, बैशाख १६, २०८१

काँग्रेसले मधेसी मोर्चासंग तिहार लगत्तै वार्ता गर्ने

  काँग्रेसको सहभागीतामा मात्र वार्ता हुन्छ:  तमलोपा  अध्यक्ष ठाकुर

काठमाडौ कात्तिक २६, बुधबार एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा एमाओवादीका अध्यक्ष पुष्पकमल ,नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल तथा वरिष्ठ नेता शेरबहादुर देउवाबीच भएको  छलफलमा काँग्रेस नेताहरूले संविधान संशोधन गरेर download (8) Nepali_Congressतत्काल मधेसी मोर्चाको माग सम्बोधनका लागि काँग्रेसको मध्यस्थतामा मधेसवादी नेतासँग आज गर्ने भनिएको वार्ता मधेसवादी दलका नेता राजधानी बाहिर रहेकाले तिहारपछि सरेको छ ।

काँग्रेसले आज मधेसी मोर्चासँग छुट्टै छलफल गरी एमाओवादीलाईसमेत सहभागी गराएर वार्तामा बस्ने सहमति भएको थियो । तर मधेसवादी नेता तिहार मनाउन काठमाडौँ बाहिर गएकाले आज वार्ता को मिति तय भएपनि वार्ता हुन नसकेको बताईएको छ ।

यसैवीच तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सरकार र मोर्चाको वार्ता वीरगञ्ज घटनाका कारण कृहि ओझेलमा परे पनि वार्ताको औचित्यनै नसकिएको बताउनुभएको छ । आज जनकपुरमा सञ्चारकर्मीहरूसँगको छलफलमा अध्यक्ष ठाकुरले सरकारले वार्ता चाहेको अवस्थामा आपूmहरू वार्तामा बस्न तयार रहेको बताउँदै अवको वार्ता नेपाली काँग्रेसको समेत सहभागीतामा हुँने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ