बिहिबार, बैशाख १३, २०८१

एमाओवादी अध्यक्ष दाहाल र मधेसी मोर्चाका नेताबीच छलफल,आइतबार थप छलफल गर्ने सहमति

काठमाडौ कात्तिक २८, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा आन्दोलनरत मधेस केन्द्रित दलका नेतासँगको छलफललाई निरन्तरता दिनुभएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहनुभएका उहाँलेले सरकारले गठन गरेको वार्ता टोलीका संयोजक एवम् उपप्रधानमन्त्री एवम् 

Untitled-1परराष्ट्र मन्त्री कमल थापा समेतको उपस्थितीमा आज तमलोका अध्यक्ष महन्थ ठाकुरसँग तराई मधेसको समस्या समाधान गर्ने विषयमा छलफल गर्नुभएको हो ।

 यसअघि मधेस केन्द्रीत दलसंग व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षीदल नेपालीका काँग्रेसले पनि छलफल गरेको थियो ।  त्यस्तै उहाँहरुवीच लामो समयदेखि आन्दोलन र असन्तुष्टि जारी रहँदा नागरिकको दैनिकी कष्टकर भएको र आपूर्तिलगायतका विषयमा विकराल अवस्था सिर्जना भएको भन्दै संवादमार्फत तत्काल समस्याको समाधान खोज्ने विषयमा छलफल केन्द्रीत भएको बताइएको छ ।

साथै आज सामान्य छलफल भएको र आइतबार थप छलफल गर्ने सहमति समेत अध्यक्ष दाहाल र अध्यक्ष ठाकुरबीच भएको र आइतबार पुनः छलफल गरेर वार्तालाई निर्णायक तहमा पु¥याउने समझदारी भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।