बुधबार, जेष्ठ २, २०८१

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा सत्तारुढदल एमाले र प्रतिपक्षदल काँग्रेसदुवैले उम्मेदवारी दिने

सहमतिमा राष्ट्रपति चयन गर्ने म्याद आज ४ बजे सम्म्
काँग्रेसको तर्फबाट केवी गुरुङ ,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, बहालवाला राष्ट्रपति वा मधेसीमुलका तर्फबाट उम्मेदवारको खोजी

काठमाडौं कात्तिक ८, व्यवस्थापिका संसदमा प्रमूख प्रतिपक्ष ठुलो दल नेपाली काँग्रेसको शनिवार सम्पन्न केन्द्रीय समतिको बैठकले आगामी ११ गते हुँने राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय गरे लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढदल एमालेको शनिवार राती nc-uml-flagअवेर सम्पन्न स्थायी समितिको बैठकले पनि पार्टीको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ ।  सहमतिका आधारमा राष्ट्रपति चयन गरिने भनिए पनि सत्तारुढ दल र प्रमुख प्रतिपक्षि दल दुवै पार्टीको पछिल्ला निर्णयले मतदान प्रक्रियामा उन्मूख रहेको देखिएको छ । नेकपा दलको उम्मेदवारी दिने सम्बन्धमा निर्णय गर्नुले तर दुवै दलले निर्वाचन को संभावनालाई बढावा दिएको हो ।

यद्यपी दुवै दलमध्य कांँग्रेसको तर्फबाट उम्मेदवारको लागि विभिन्न नेताहरुको नाम चर्चामा रहेपनि राष्ट्रपतिको उमेद्वारका लागि अहिले सम्म उम्मेदवार भने तय गरिसकेका छैनन् । उम्मेदवार तय गर्न काँग्रेस केन्द्रीय समितिले पदाधिकारीलाइ जिम्मेवारी दिएको थियो।  यद्यपी उम्मेदावरको हकमा काँग्रेसको तर्फबाट केवी गुरुङ,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, बहालवाला राष्ट्रपति वा मधेसीमुलका तर्फबाट उम्मेदवारको खोजी भइरहेको बुझिएको छ ।

त्यसो त   सरकारको अर्का  साझेदार  घटक  एमाओवादीले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उपराष्ट्रपति पदमा पार्टीका तर्फबाट उम्मेद्वारी दिने गरेको  भएपनि  उम्मेद्वार कसलाइ बनाउँने भन्ने कुनैसनै नितिगत निर्णय गरेको  छैन    यद्यपी राष्ट्रपति उपराष्ट्रपति चयन प्रक्रिया अन्तर्गत आज सहमतिका लागि दिइएको समयमा दलहरुले प्रयास राख्ने भएका छन् । व्यवस्थापिका संसदले शनिवार निर्वाचन तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार दलहरुबीच सहमतिमा हुने निर्वाचनका लागि आज दिउँसो ४ बजेसम्मको समय दिइएको छ ।
यसवीचमा सहमति भए आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नाम दर्ताको समय छुट्टयाइएको छ भने सहमति भएन भने बहुमतिय प्रक्रिया अवलम्बन गरिने छ । आज अपरान्ह साढे ४ बजे संसद बैठक बस्दैछ । त्यस्तै निवौचनमा दुईभन्दा बढी उम्मेदवार भएमा कुल संसद सदस्य संख्या ५ सय ९७ को बहुमत अर्थात् २ सय ९९ भन्दा बढि मत आवश्यक हुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930