शुक्रबार, चैत्र १६, २०८०

एमालेले उपाध्यक्ष विद्या भण्डारीलाइ राष्ट्रपतिको उम्मेदवार बनाउने

काँग्रेसले  भने संसद्मा रहेका दलसँगको छलफल पछिमात्र उम्मेदवारी दिने

काठमाडौ कात्तिक ९, नेकपा एमालेलको आज बसेको स्थायी कमिटी बैठकले पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको bidhyaछ भने उपराष्ट्रपतिको हकमा भने समावेशीता र राजनीतिक सन्तुलन मिलाउने गरी उम्मेदवारी दिने तयारी रहेको बताएपनि नाम भने सार्वजनिक गरेको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उक्त बैठकले लामो छलफल पछि यस्तो निर्णय गरेको हो । नेपालको  नयाँ  संविधानत व्यवस्था अनुरुप कात्र्तिक ११ गते व्यवस्थापिका संसद्को बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।

यसैवीच नेपाली काँग्रेसले  भने   संसद्मा रहेका दलसँग छलफल पछिमात्र    पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको  थाहा भएको  छ ।  गत कात्तिक ७ गते बसेको  केन्द्रीय समितिको बैठकले  उम्मेदवार छान्ने जिम्मेवारी  पार्टी पदाधिकारीलाई दिएको  थियो  ।