मङ्लबार, बैशाख १८, २०८१

पद बाँडफाँडको नितिगत निर्णय गर्न एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौ आश्विन २८, सरकार विस्तार, राष्ट्रपति, सभामुखलगायत पदमा बाँडफाँड र चयनका विषयमा छलफल गर्न आज प्रमुख सत्तारुढ दल नेकपा एमालेको UMLस्थायी कमिटीको बैठक बस्दै छ । आजको बैठकले मुलत राष्ट्रपति पदको उम्मेदवार छनौट गर्नुको अलावा उपप्रधानमन्त्रीसहित अर्थमन्त्री र अन्य मन्त्रीको जिम्मेवारी दिने सवालमा समेत नितिगत निर्णय गर्ने तयारी रहेको सम्बद्ध पक्षले जनाएको छ।

समाचार स्रोतका अनुसार राष्ट्रपतिमा एमालेले उपाध्यक्ष विद्यादेवी भण्डारी र अर्थमन्त्रीमा उपाध्यक्ष भीम रावललाई अघि सार्ने तयारी गरेको बुझिएको छ ।