बुधबार, बैशाख १९, २०८१

प्रमद्दारा सर्वदलीय बैठक आव्हान

download (5)काठमाडौं आश्विन ९ , प्रधानमन्त्री सुशील कोइरालाले आज साँझ तराई मधेसमा नयाँ संविधानको विषयलाई लिएर केही मधेसवादी दलहरूले आन्दोलनमार्फत उठाएका मागका सम्बन्धमा छलफल गर्न भन्दै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूको बैठक बोलाउँनु भएको छ ।

प्रस्तुत बैठकमा मुलत तराई आन्दोलन र मुलुकको पछिल्लो राजनीतिक अवस्था र तराईका सीमा नाकामा हुँदै आएका अवरोधका विषयमा बैठकमा छलफलमा केन्द्रीत रहने बताईएको छ । आज टिकापुर पुग्नुभएका प्रम कोइरालाले त्यहाँबाट पर्के लगत्तै यो बैठक आव्हान गर्नु भएको हो ।