मङ्लबार, बैशाख ११, २०८१

स्पष्ट मार्गचित्र सहित वातावरण बनाए वार्तामा बस्न तयार : अध्यक्ष ठाकुर

काठमाडौं आश्विन ७,  तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग यसअघि गरिएको आठबुँदे र २२ बुँदे सम्झौता कार्यान्वयन संगै download (8)सरकारले प्रदेशको सवालमा स्पष्ट मार्गचित्र सहित वार्ताको वातावरण बनाए आफूहरु वार्तामा बस्न तयार रहेको बताउनुभएको छ ।
विराटनगरमा आज पत्रकारसँग कुरा गर्दै नेता ठाकुरले प्रस्तुत अभिव्यक्ति दिनु भएको हो । त्यस्तै उहाँले सरकारले तराइमा जारी आन्दोलन दवाउँन परिचालन गरेका सेना फिर्ता गर्दै आन्दोलनमा घाइते तथा मृतक परिवारलाई क्रमशः उपचार तथा क्षतिपूर्ति दिनु पर्ने माग समेत गरेको प्राप्त समाचारमा  उल्लेख गरिएको छ ।