शनिबार, बैशाख ८, २०८१

डा बाबुराम भट्टराईलाई निर्णयमाथि पुनःविचार गर्न एमाओवादीको आग्रह

काठमाडौ आश्विन १० ,एमाओवादीको आज बसेको थायी समितिको बैठकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर पार्टी परित्याग गर्नुभएका डा बाबुराम download (13)भट्टराईलाई आफ्नो निर्णयमा पुनःविचार गर्न आग्रह गरेको छ ।

एमाओवादी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसेको उक्त बैठकले डा बाबुराम भट्टराईलाइ मुलुकमा नयाँ संविधान जारी भएपछिको अवस्थामा सार्वभौमसत्ता, अखण्डताको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध भएर जानु पर्ने समयमा पार्टी परित्याग गर्ने निर्णय कुनै पनि कोणबाट नमिल्ने भएको भन्दै यसमा पुनःविचार गर्न डा भट्टराईलाई आग्रह गर्ने निर्णय गरेको हो । एमाओवादी सम्वद्धस्रोतका अनुसार स्थायी समिति बैठकले केन्द्रीय समितिको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनलगायतका विषयमा समेत छलफल गरेको बुझिएको छ ।