काठमाडौ आश्विन ५, नेपाल विद्यार्थी सङ्घले आज विहान राजधानीमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले मधेसमा देखिएको विवाद वार्ताबाटै समाधान गर्न सरकार तयार रहेको बताउँदै आन्दोलनरत दललाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।
त्यस्तै प्रम कोइरालाले त्यस अवसरमा तत्कालीन माओवादीले गरेको सशस्त्र द्वन्द्व पनि वार्तामार्फत नै समाधान भएको दृष्टान्त प्रस्तुत गर्दै अहिले तराइमा जारी विवाद पनि वार्तामार्फत नै समाधान हुने विश्वास व्यक्त गर्नुभएको थियो । त्यस्तै नेपालको संविधान २०७२ जारी भएको खुसियालीमा विद्यार्थी सङ्घले आज चियापान उक्त कार्यक्रममा सङ्घका अध्यक्ष एवम् सांसद रञ्जित कर्णले संविधान आउनु आफैँमा उपलब्धिमूलक भएको बताउँनु भएको थियो ।
चियापान कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री प्रकाशमान सिंह, सन्चार तथा प्रविधि मन्त्री डा मीनेन्द्र रिजाल, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, काँग्रेसका केन्द्रीय सदस्य, सांसद, विभिन्न राजनीतिक पार्टी सम्बद्ध विद्यार्थी सङ्गठनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।