शुक्रबार, चैत्र १६, २०८०

नजरअन्दाज गर्दै अगाडि बढ्ने निति आफैमा दुर्घटनाको संवाहक नवनोस

काठमाडौं आश्विन ५, १२ औँ देखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्रमा भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन anup_20150921_28इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतन सहित आठ दिनसम्म विभिन्न नाच, गान, रथयात्रा गरी राष्टाध्यक्षको उपस्थितीमा राष्ट्रिय पर्वको रुपमा मनाईने इन्द्रजात्राको सुभारम्भ भएको छ । इन्द्रध्वजोत्थानका लागि कायअष्टमीका दिन लिङगो ल्याएसंगै को सुभारम्भ भएको हो ।
तर वर्ष २०७२ मा मनाइने यो जात्रा विगतका वर्षमा मनाइने जात्रा भन्दा भिन्न रहने सहजैबोध गर्न सकिन्छ । किनकी गत बैशाख१२ गतेको महाविनाशकारी anup_20150921_32महाभूकम्प र त्यस पछिका श्रृखलावद्ध परकम्पनका कारण राष्ट्रिय पर्व इन्द्रजात्रा पर्व सञ्चालनको क्रममा अनेकन उल्झन सिर्जना भएको अवस्था छ । अर्थात काठमाडौं काठमाडौं नभइ टेकोमाण्डौं परिणत भएको अवस्था प्रति हामीकोहि पनि अनभिज्ञ छैनौ । भनाइको आशय महाभूकम्पका कारण हनुमानढोका दरबार क्षेत्र पूर्ण क्षतिग्रस्त भएको अवस्था छ ।
यहाँसम्की राष्टाध्यक्ष प्रधानमन्त्री, मन्त्रीहवारू र विदेशी कूटनीतिक नियोगका उच्च अधिकारीहरूले कुमारी, भैरव र गणेशको पूजाअर्चना र दर्शन गर्ने गद्दी बैठक पनि पूर्णरुपमा भत्किएर धराशायी भएको मात्र होइन श्री कुमारी विराजमान हुँनु भएको कुमारीघर समेत टेकोको भरमा ठडिएको अवस्था छ । त्यतिमात्र नभएर जात्रको क्रममा रथयात्रा गरिने मार्गको दाँया दाँया रहेको अधिकाश घर समेत टेको नै टेको आडमा ठडिएको अवस्थाप्रति कोहि पनि अनभिज्ञ छैनन र नहोला पनि ।
यद्यपी यसवीचमा पनि सरोकारावाला राज्यका निकाय देखि सम्वद्ध गुठिगाना मुकदर्शक भएका छन ।

त्यस्तै यसवीचमा नै काठमाडौं महानगरपालीका र गुठि संस्थानको तर्फबाट यही २०७२ साल आश्विन १०, ११ र १४ गतेका दिन ईन्द्रजात्रा पर्वका उपलक्ष्यमा श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ यात्रा तल्लो टोल (कोनेया), माथिल्लो टोल (थनेया) र अन्तिम दिन नानीचायामा हुने हुदा उक्त यात्रा हुने मार्गमा पर्ने कतिपय घरहरुमा टेका राखेको अवस्था भएकोले उक्त टेको घरधनी स्वंयबाट व्यवस्थापन गरि सांस्कृति जात्रा संचालनमा सहयोग पुर्याईदिन हुन साथै जात्राका क्रममा स्थानीय संघसंस्था, क्लब, गुठि खलको पुर्ण सहयोगको अपेक्षा गरेको आशय सहितको सूचना जारी गरिनु आफैमा स्थिती जे जस्तो भएपनि नजरअन्दाज गर्ने प्रवृतिको द्योतक भएको सहजै अनुभूत गर्न सकिन्छ ।

तथापी सम्पूर्ण दरवार क्षेत्रमात्र नभई जात्राको प्रुख आकर्षण श्वेत भैरवको मन्दिर दरवार क्षेत्रमा लगार्ईएको टेकोको अवस्थालाइ मात्र हेर्ने हो भने पनि सरोकारवाला निकायले विद्यमान यर्थातलाई नजरअन्दाज गर्दै अगाडि बढ्ने जुन निति अख्तियार गरेको छ त्यो निति आफैमा कुनै दुर्घटना संवाहक नवनोस भन्ने कामना गर्नु सिवाय अन्य कुनै विकल्प नभएको अवस्था सिर्जना भएको छ ।  तसर्थ राष्ट्रिय पर्वको रुपमा मनाईने आसन्न इन्द्रजात्रा पर्वलाई यसवर्ष हर्षोल्लासका साथ भोलिका दिनमा पुर्ननिर्मापछि परम्परागतरुपमा मनाउँने प्रतिवद्धता व्यक्त गर्दै जहाँ जे जस्तो अवस्था छ त्यहि अनुरुप मनाऔं नकि भय डर त्रासको वातावरणमा ।