काठमाडौ भाद्र २४, संविधानसभामा जारी संविधानको परिमार्जित विधेयक माथिको छलफल छोट्याएर संविधान जारी गर्ने तयारी सुरु भएको छ । सभासदहरुले राखेका संसोधन प्रस्तावमाथि छलफल सकिएकाले आज प्रमुख तीनदलले प्रस्तुत गरेको साझा संसोधन प्रस्ताव पेश हुनेछ । प्रमुख तीनदलका पप्रमुख सचेतकहरुले संसोधन प्रस्ताव पेश गर्दै त्यसको औचित्यका विषयमा प्रष्ट पार्नुे तयारी रहेको बुझिएको छ ।
आज बिहान ८ बजे बस्ने भनिए पनि बैटक सुरु भइनसकेको थाहा भएको छ । साथै आजको बैठकमा साझा संसोधन प्रस्ताव पेश गर्दै प्रस्ताव माथि प्रमुख तीनदलका तर्फबाट दफावार छलफल सुरु गरिने बुझिएको छ । संशोधन प्रस्ताव उपरको दफाबार छलफल सकिएपछि तीनदलका शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्यसूची रहेको छ । सम्भव भए आजै नभए भोलि प्रमुख तीन दलका नेताहरुले सम्वोधन गर्नुहुने संविधानसभा सचिवालयले जनाएको छ ।