शनिबार, बैशाख ८, २०८१

परिमार्जित विधेयकका धारामाथि आजदेखि मतदान सुरु गरिने ,एक साताका लागि प्रक्रिया रोक्न आग्रह

काठमाडौं भाद्र २५, आज बिहान ११ बजे बस्ने संविधानसभाको बैठकमा सभासद्को बोल्नेक्रम सकिएपछि प्रमुख दलका शीर्ष नेता र संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले उठेका विषयमा जवाफ दिनुहुने भएको छ । त्यसपछि संविधानको धारालाई क्रमशः पारित गर्नकालागि परिमार्जित विधेयकका धारामाथि आजदेखि मतदान सुरु हुने बताइएको Sambidhanछ । त्यस्तै संविधानसभाका बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले सम्वोधन गर्नु हुँने र दिउँसो बजेदेखि संशोधन प्रस्ताव पारित प्रक्रिया सुरु हुने विधानसभाध्यक्ष सुवास नेम्वाङलाई उदृत गर्दै प्राप्त समाचारमा जनाईएको छ ।

त्यस्तै संसद सचिवालकाअनुसार पहिले ५२ वटा संशोधन प्रस्तावमाथि ध्वनिमतका आधारमा निर्णय गरिनेछ । प्रत्येक प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि सके आज नभए शनिवार संविधानका प्रत्येक धारा पारित गर्ने प्रक्रिया अघि बढाइने भएको छ । प्रस्तावको पक्षमा दुईतिहाई सभासदले “हुन्छ” भने संविधानको अंग बन्नेछ भने प्रस्तावको पक्षमा दुईतिहाई नपुगे स्वतः खारेज हुनेछ । ध्वनिमतको निर्णय कसैलाई चित्त नबुझे संविधानसभामा कायम सदस्यको १० प्रतिशत सभासदले उठेर मत विभाजन माग्न सक्नेछन् । त्यसपछि गोप्य मत विभाजन हुनेछ । मत विभाजन माग्नका लागि कम्तीमा १० प्रतिशत सभासद उठ्नैपर्ने नियमावलीमा व्यवस्था छ । राप्रपा नेपाल, संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपाल लगायत दलका नेताले संविधानसभा बहिष्कार गरेका छन् ।

यसैवीच आन्दोलनरत मधेसी दलका विभिन्न नेताले मधेसमा परिचालित सेना फिर्ता र संविधानसभाको प्रक्रिया स्थगन गरेमा वार्ताको बातवरण बन्ने बताउँदै सम्वद्ध नेताहरुले संविधानसभाको प्रक्रिया केही समयको लागि स्थगन गर्न माग गरेका छन ।  यस्तो माग गर्ने नेताहरुमा मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का महासचिव रामजनम चौधरी फोरम ९लोकतान्त्रिक०का सभासद् डा सुबोधकुमार पोखरेल तराई–मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव फोरम ९गणतान्त्रिक०का अध्यक्ष राजकिशोर यादव र सद्भावना पार्टीका महासचिव मनीष सुमन लगायतका रहेका छन ।