बिहिबार, बैशाख १३, २०८१

चार दललाइ १६बुँदे सहमतिको सक्कल निर्णय पुस्तिका पठाउन सर्वोच्चको आदेश

काठमाडौ भाद्र २३,  प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति संविधानविपरीत भएको दाबी गरी अधिवक्ता विजयकान्त कर्णले सर्वोच्च अदालतमा रिट निवेदन दायर उपर सुनवाइ गर्दै supreme-courtसर्वोच्च अदालतले चार प्रमुख दलबीच भएको १६ बुँदे सहमतिको सक्कल निर्णय पुस्तिका पठाउन सम्बन्धित पक्षलाई आदेश दिएको छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले संविधानसभाको तत्वावधानमा वा के कस्तो तरिकाबाट सो १६ बुँदे सहमति भएको हो भन्ने समेत खुल्ने गरी उक्त सहमति पठाउन सम्बन्धित पक्षलाई आज आदेश दिएको हो ।