मङ्लबार, बैशाख १८, २०८१

जनकपुरमा फेरी कफ्र्यु आदेश जारी

काठमाडौं भाद्र २२,  केहि दिन यता केहि शान्त इसकेको जनकपुरमा सोमबार मधेसी मोर्चाका कार्यकर्ताले कांग्रेस पार्टी कार्यालयमा आगजनी सहित अराजक गतिविढी प्रदर्शन सुरु गरेपछि dhanusa_districtस्थानीय प्रशासनले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी फेरी कफ्र्यु आदेश जारी गरेको छ ।

स्थानीय प्रशासनलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार प्रर्दशनकारीको अराजक व्यवाहर तोडफोड र आगजनीका कारण प्रशासनले बाध्य भएर कफ्र्यु आदेश जारी गर्नु परेको उल्लेख गरिएको छ ।
जारी कफ्र्यु आदेश अनुसार जनकपुर भानुचोकदेखि रेलवे स्टेसनसम्म, मुरलीचोकदेखि कदमचोकसम्म, समसानघाटदेखि जिल्ला अदालतसम्म र समसानघाटदेखि कदम चोकसम्मको क्षेत्रमा सभा, जुलुस, प्रदर्शन गर्न पूर्णत रोक लगाएको छ ।