बिहिबार, बैशाख १३, २०८१

लोडसेडिङ मुक्त जिल्ला घोषणाको माग गर्दै चक्काजाम

कञ्चनपुर काठमाडौं भाद्र २२,  लोडसेडिङ मुक्त जिल्ला घोषणाको माग गर्दै कञ्चनपुरमा आन्दोलनरत छ विद्यार्थी सङ्गठनले आज बिहान नौ बजेदेखि चक्का जाम गरेका छन् ।  विद्यार्थी सङ्गठनले नेपाल विद्युत् प्राधिकरणको स्थानीय वितरण शाखा महेन्द्रनगरमा तालाबन्दी गर्दा पनि आफ्नो मागको सुनवाइ नभएपछि आज पूर्वपश्चिम राजमार्ग क्षेत्रमा अवरोध सिर्जना गरी चक्काजाम गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।