काठमाडौ भाद्र १८, प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको शीर्ष नेताको बैठकमा नेताहरुवीच संविधानको परिमार्जित विधेयक २०७२ मा साझा प्रस्ताव राख्ने लक्ष्य अनुरुपको सहमति बनाउँन छलफल भएको छ ।
बैठकपछि काँग्रेसका उपसभापति पौडेलले कार्यदलले परिमार्जित विधेयकमा नमिलेका भाषालाई मिलाउने लगायतका विषयमा छलफल भएको जानकारी दिनु भएको छ ।
त्यस्तै बैठकले दलका तर्फबाट संशोधन साझा प्रस्ताव तयार गर्न काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा एमालेका उपाध्यक्ष भीम रावल, एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का नेता जीतेन्द्रनारायण देव रहेको कार्यदललाई जिम्मेवारी दिएको बुझिएको छ ।
बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका प्रमुख चार राजनीतिक दलका नेता एवम् संसदीय दलका प्रमुख सचेतकहरू सहभागी हुनुहुन्थ्यो ।