मङ्लबार, बैशाख १८, २०८१

टीकापुर घटना आपराधिक मानसिकताको उपज : शिर्ष नेताहरु

पूर्ववत् प्रतिबद्धताबमोजिम संविधान निर्माण प्रक्रियामा अघि बढ्नु पर्नेमा जोड

काठमाडौ भाद्र ८,  मुलुक लोकतन्त्रको स्थायित्वको अभ्यासमा अघि बढिरहेको अवस्थामा कैलालीको टीकापुरमा सोमवार भएको भएको दुःखद घटना पछि प्रमुख तीन राजनीतिक दलले सीमांकन र संघीयताकासंघीयताको विषयमा नयाँ शिराबाट छलफल गर्दै टीकापुरको घटना 3 dallराजनीतिक नभएको ठहर गरेका प्रमुख दलका नेताहरुले घटना किन र कसले घटायो भन्ने सम्बन्धमा घनिभूत छलफल सहित घटना को समीक्षा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको शिर्ष नेताको घटना आफैमा आपराधिक मानसिकताको उपज भएको ठहर सहित बैठकमा सय यस्ता घटनको निरुपणका.लागि शान्ति स्थापना अपरिहार्य रहेको यसका लागि सरकारका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्र्नेमा जोड दिदै दलहरूले पूर्ववत् प्रतिबद्धताबमोजिम नै संविधान निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

टीकापुर घटना राजनीतिक स्वार्थ प्रेरित: बिजुक्छे
यसैवीच नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे रोहितले टीकापुरमा सोमबार भएको घटनालाईे राजनीतिक स्वार्थ प्रेरित घटना बताउँदै घटनाको पूर्वानुमान भए पनि प्रशासनको कमजोरीका कारण दुःखद घटना हुन गएको बताउनुभयो । सुरक्षा निकायका गुप्तचर विभाग, प्रशासन र प्रहरीबीच सूचनाको प्रवाह कमजोर भएकाले पनि स्थित गम्भीर हुन गएको उहाँले जिकिर अभिव्यक्त गर्नु भएको छ ।