शुक्रबार, चैत्र १६, २०८०

टीकापुर घट्नापछि : यस्तो छ एमाओवादी अध्यक्षको प्रचण्डको अपिल

 शान्ति, सद्भाव सहित सिर्जित समस्या समाधान गरौ

UCPNM-e1440432838757काठमाडौं भाद्र ७, संविधान निर्माणको ऐतिहासिक कार्यभार अन्तिम चरणमा पुगेको बेला कतिपय समुदायका भावनाहरु अझै समेटिएका छैनन् । त्यसका लागि जनतामा चिन्ता र पीडा देखा पर्नु स्वभाविक भएको भएको बताउँदै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति, सद्भाव र एकता बनाएर समस्या समाधान गर्न सबैलाई अपील गरेका छन् । टीकापुर घट्नापछि आज साँझ जारी विज्ञप्तिमा उहाँले आन्दोलनरत, जनसमुदाय, राजनैतिक दल र नागरिक समाज सबैमा शान्ति, सद्भाव र एकता बनाई समस्या समाधान गर्न सहयोग गर्नुपर्नेमा जोड दिनु भएको छ