मङ्लबार, बैशाख १८, २०८१

प्रजातन्त्रका पिता गणेशमान सिंहको स्मृतिमा अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने

काठमाडौ श्रावण ३२, काठमाडौ श्रावण ३२, गणेशमान सिंहका फाउन्डेसनद्दारा प्रजातन्त्रका पिता तथा लौहपुरुष गणेशमान सिंहको download (4)स्मृतिमा कीर्तिपुरस्थित लेबोरेटरी उमाविको मैदानमा भोलीदेखि गणेशमान सिंह कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ ।  आगामी भाद्र १० गतेसम्म चल्ने उक्त प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ । १६ टोलीलाई विभिन्न चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल समूहको विजेता र उपविजेता क्वाटरफाइनल चरणको खेल हुँने बताईएको छ ।

त्यस्तै विजेताले रु २५ हजार तथा उपविजेताले रु १५ हजार नगद पुरस्कार प्रदान गरिने व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, रक्षक, मध्यपङ्क्ति र अग्रपङ्क्ति र सर्वाधिक गोलकर्ताका एक–एक खेलाडीले जनही रु दुई÷दुई हजार नगद पुरस्कार दिईने जानकारी प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।