शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ साफ च्याम्पियनसिपका खेल्ने नेपाली टोली

काठमाडौ श्रावण ३२, आगामी भाद्र ३ गतेदेखि काठमाडौँमा सञ्चालन हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ एन्फाले आइतवार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भुटान, मालदिभ्स, भारत र अफगानिस्तान गरी छ राष्ट्रको सहभागिता रहनेछ । नेपालले आफ्नो पहिलो खेल भाद्र ३ गते भुटानसंग उद्घाटन खेल खेल्ने छ ।

विमल घर्तीमगरको कप्तानीमा रहेको टोलीमा तीन गोलकिपर, आठ डिफेन्डर, सात मिडफिल्डर र पाँचजना फवार्ड रहेका छन् । बेल्जियममा रहेका विमल भने शुक्रबार स्वदेश फर्कर्दै प्रशिक्षणमा सहभागी भइसकेका छन् । घोषित नेपाली टोलीमा गोलकिपरमा सुजित गुरुङ, रोमन रसाइली र देवराज लिम्बू छन् । त्यस्तै डिफेन्डरमा अनन्त तामाङ, अमित तामाङ, टिचिरिङ गुरुङ, आकाश थापा, दिनेश राजबंशी, सुदन थापा, कमल श्रेष्ठ र गौरभ बुढाथोकी छन भने मिडफिल्डरमा हेमन्त थापामगर, डोना थापा, तेज तामाङ, किरण सुनुवार, विश्वास श्रेष्ठ, सुशन लामा, र सुनिल बाल छन् भने फवार्डमा अन्जन विष्ट, जानोममान लिगल, सुजित गुरुङ र शिव सुवेदी छन् । टोलीको मुख्य प्रशिक्षक भने बालगोपाल महर्जन रहेका छन ।