मङ्लबार, बैशाख १८, २०८१

पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

tribhuwan-rajpath काठमाडौं श्रावण १३, आज साँझ परेको अविरल मुसरधारे वर्षापछि आएको पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । राजमार्गको हेटौँडा–भैंसे खण्डको बाघझोडामा आएको पहिरोले साँझ ७ः३० बजेदेखि राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारी साधन बीच बाटोमै अलपत्र परेको थियो । खसेको पहिरो हटाउँन मौसम अनुकूल हुन नसक्दा कुन बेला  बाटो खुल्ने हो यसै भन्न नसकिने स्थानीय प्रहरीलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।