काठमाडौ आषाढ ११, शुक्रवार बिहानैदेखि सिंहदरबारमा बसेको संविधान मस्यौदा समितिको बैठकले १६ बुँदे सहमतिको भावनालाई समेटेर संविधानको प्रारम्भिक मस्यौदा तयार गरेको छ । संविधानको मस्यौदा तयार पार्नका लागि कार्यदलले तयार पारेको मस्यौदालाई संवैधानिक र कानुनी भाषा मिलाउँन विज्ञको समेत सहयोग लिइएको जनाउँदै कार्यदलले तयार पारेको मस्यौदा आज संविधानसभा मस्यौदा समितिको बैठकमा पेस गरिएको छ ।
मस्यौदा समितिको बैठकमा पेश गरेपछि मस्यौदामाथि केन्द्रित रहेर शनिवार बस्ने समितिको बैठकमा छलफल हुने बताईएको छ ।