शनिबार, बैशाख ८, २०८१

राष्ट्र सङ्घका निर्देशक जोन जिङ भोलि नेपाल आउँदै

काठमाडौ आषाढ १२  गत बैशाख १२ १३ र २९ को भूकम्प र त्यसपछिका श्रृखलावद्ध पराकम्पनबाट अतिप्रभावित क्षेत्रमा भएका मानवीय सहायताको अनुगमन, downloadक्षतिको अनुगमनको लागि भन्दै संयुक्त राष्ट्र सङ्घका मानवीय मामिला समन्वय कार्यालयका निर्देशक जोन जिङ नेपालको चारदिने भ्रमणमा आइतबार राजधानी आउँदै हुनुहुन्छ ।

भ्रमणका क्रममा उहाँले भूकम्प प्रभावित परिवार, नेपाल सरकारका केन्द्रीय एवम् स्थानीय तहका पदाधिकारी, स्थानीय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि र मानवीय सहायतामा वित्तीय एवम् प्राविधिक सेवा प्रवाहमा संलग्न साझेदारसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ