सोमवार, बैशाख २४, २०८१

विवादित विषयमा सहमति खोज्न कार्यदल

काठमाडौ पौष ११, संविधान निर्माणमा देखिएको विवादित विषयमा सहमति जुटाउन प्रमुख दलले कार्यदल गठन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहिवार 11103भएको छलफलमा प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाका तर्फबाट एक एक प्रतिनिधि सहभागी रहेको कार्यदल गठन गरेको हो । आआफ्ना दलका तर्फबाट आधिकारिक धारणा र अधिकार लिएर दुई दिनभित्र सहमतिको प्रतिवेदन तयार पारी शीर्ष नेताको बैठकमा पेस गर्ने कार्यदललाई अख्तियारी दिइएको छ ।

कार्यदलमा नेपाली काँग्रेसका तर्फबाट महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा(एमाले)का उपाध्यक्ष भीमबहादुर रावल, एकीकृत नेकपा(माओवादी)का महासचिव कृष्णबहादुर महरा तथा मधेसी मोर्चाका तर्फबाट सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण हुनुहुन्छ । कार्यदललाई शनिबारसम्म संविधानका विवादित विषयमा सहमति जुटाउने आधार के हुन सक्छ र कसरी विवादित विषयमा सहमति हुन सक्छ भन्नेबारेमा ठोस अवधारणा ल्याउने जिम्मा दिइएको छ । दलबीच पछिल्लो दिनमा बढेको विश्वासको सङ्कटलाई समेत समाधान गर्ने र संविधानका आधारभूत विषयमा सहमति गने उपाय खोज्न कार्यदललाई जिम्मा दिइएको नेताहरूले प्रतिक्रिया दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930