मङ्लबार, बैशाख २५, २०८१

चन्दले पार्टी फुटाउँन खोजेको संस्थापनको ठहर,प्रवृतिको विरोध गर्दा आफुलाई सिध्याउने षडयन्त्र गरियो: चन्द

पार्टी अध्यक्ष वैद्यले संसदवादीसँग मिलेर जाने कार्यदिशाको प्रस्ताव ल्याएपछि आन्तरिक द्वन्द्व बढेको चन्दको खुलासा

काठमाडौ कात्तिक २९, नेकपा–माओवादीको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टी सचिव नेत्रविक्रम चन्दको अनुशासन विपरीतका

main-newsगतिविधिले पार्टी फुटमा केन्द्रित रहेको ठहर निकालेको छ ।

सचिव चन्द पक्षधरको सहभागिता बिनानै पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा आजदेखि सुरु भएको बैठकमा सचिव चन्द पार्टी फुटाउने उद्देश्यसहित अगाडि बढेको ठहरसहित अव कसरी अगाडि बढ्ने भन्नेमा केन्द्रित रहेको बताइएको छ । त्यस्तै बैठकमा बोल्ने अधिकांश सदस्यले कारवाहीको विकल्प नभएकोमा जोड दिएको बुझिएको छ ।

साथै आजको बैठकमा अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा, सल्लाहकार समितिका अध्यक्ष कृष्णदास श्रेष्ठ, केन्द्रीय सदस्य सूर्य सुवेदी, मायाप्रसाद शर्मा, श्रीनाथ अधिकारी, दिलीप प्रजापतिलगायतले आआफ्नो धारणा राख्नुभएको बताउँदै बैठकमा बाँकी सदसयहरुको बोल्ने क्रम जारी रहेकाले भोलि बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

यसैवीच नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले नेपाल क्रान्तिकारी पत्रकार महासङ्घ रुपन्देहीले आज बुटवलमा कपिलवस्तुमा भएको गोप्य राजनीतिक भेलाको निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष वैद्यले राजनीतिक सङ्क्रमणकालीन अवस्थामा संसदवादीसँग मिलेर जाने कार्यदिशाको प्रस्ताव ल्याएपछि आन्तरिक द्वन्द्व बढेको पनि खुलासा गर्नुभएको छ ।

तर आफुले अध्यक्ष् बैद्यको यस्तो प्रवृतिको विरोध गर्दा आफुलाई सिध्याउने षडयन्त्र भइरहेको समयमानै बोध गर्दै अव कुनैपनि किसिमको षडयन्त्रविरुद्ध सङ्घर्ष गर्ने पछि नर्पर्ने चेतावनी दिनुभएको छ । त्यस्तै उहाँले सङ्घर्षको विकल्प नरहेको भन्दै वर्तमान संविधानसभा विघटन गरी सर्वपक्षीय बृहत् राजनीतिकसभा गठनको माग गर्दै सोही सभामार्फत संविधान बन्नुपर्ने जिकिर गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31