बिहिबार, बैशाख १३, २०८१

सहमतिका लागि भन्दै सभापति डा भट्टराईले प्र.म कोइराला,एमाले अध्यक्ष ओली सङग गरे विशेष भेटवार्ता

काठमाडौं कातिक २९, संविधानका विवादित विषयलाइ लिएर मुलुकका प्रमुखलदहरुवीच चलिरहेको जुहारीका वीच सहमति जुटाउँन भन्दै baburam-bhattaraiसंवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले आज साँझ प्रधानमन्त्री सुशील कोइराला र सभापति भट्टराईबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । सहमति निर्माणका लागि परामर्शस्वरुप आज प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग भेटवार्ता गर्नुभएको हो ।

भेटवार्ताका क्रममा सभापति भट्टराईले मङ्सिर १ गते बस्ने संवाद समितिको बैठकअघि नै सहमतिमा नपुगे देश गम्भीर द्वन्द्वमा फस्ने तर्फ प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउनु भएको सम्वद्ध स्रोतले जनाएको छ । आजको भेटवार्तामा प्रम कोइरालाले डा भट्टराईको आग्रहलाई सकारात्मक रुपमा स्विकार गदै उहाँले सहमतिका लागि आफुले सक्दोप्यास गर्ने तर मेरो गोरुको बाहै्र टक्का भन्न शोच त्याग्दै एमाओवादीले सहमतिको सकारात्मक पहल गर्नु आवश्यक रहेकोमा जोड दिनु भएको थाह भएकोछ । भेटवार्तामा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी रहेको बुझिएको छ ।

त्यस्तै यसअघि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले आज अनौपचारिकरुपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा सहमतिमा नै संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउन र विवादित विषयमा तत्काल सहमति जुटाउन आग्रह गर्नुभएको सम्बद्धस्रोतले जनाएकोछ ।

समाचार स्रोतका अनुसार सभापति डा बाबुराम भट्टराईले प्रमुख दलकाबीच भएको १२ बु“दे समझदारीयताका सहयात्रीबीच सहमतिबिना बन्ने संविधानले शान्ति प्रक्रिया पूरा नहुने भन्दै सहमतिको वातावरण बनाउँन एमाले अध्यक्ष ओलीलाइ आग्रह गनु भएको बुझिएको छ ।त्यस्तै भट्टराईको यस्ते आग्रह पछि अध्यक्ष ओलीले संविधान निर्माण प्रक्रियालाई तीव्रता दिन र विवादित विषयमा सहमति जुटाउन आफ्नो पार्टी तयार रहेको भन्दै आफुहरुसहमतिको बाधक नभएको बताउँनु भएको थाहा भएको छ ।

त्यसै गरि आजै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतका नेताहरुसङग पनि भेटवाता सहितको छलफल भएको र आइतबार सहमति निर्माणका लागि द्विपक्षीय, त्रिपक्षीय विभिन्न चरणमा छलफल गर्ने र संवाद समितिको बैठक सुरु हुनुअघिसम्म पनि प्रमुख पक्षहरुका बीचमा सहमति निर्माणका लागि प्रयत्न जारी राख्ने सभापति डा भट्टराईले कार्ययोजना बनाउँनु भएको बुझिएको छ ।