मङ्लबार, बैशाख १८, २०८१

नयाँ संविधान बन्ने यात्रालाई कसैले छेक्न सक्दैन : प्रधानमन्त्री कोइराला

काठमाडौ कात्तिक २४ ,सर्वमान्य नेता गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा ‘गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति

ganeshman1_124759007sushil-koirala_8प्रतिष्ठान’ द्वारा आज शान्तिवाटिकामा आयोजित सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ गतेभित्र नयाँ संविधान बन्ने यात्रालाई रोक्नु सूर्यलाई हत्केलाले छेक्नुसरह भएको भन्दै यो यात्रालाइ कसैले छेक्न नसक्ने बताउनुभएको छ ।

त्यस्तै सम्बाधनकै क्रममा प्रधानमन्त्री कोइरालाले अब मुलुकमा कसैको डर, धम्की र जोरजबर्जस्ती तथा बन्दुकको राजनीतिक नचल्ने भन्दै संविधान निर्माणको यात्रा पूरा भएरै छाड्ने प्रविद्धता समेत व्यक्त गर्नुकोअलावा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कुराकानी गरेको सुनाउँदै तर्साउने र धम्काउने प्रकारका अभिव्यक्ति नदिन आग्रह गरेको बताउँनुभएको थियो ।
त्यस्तै कार्यक्रममा सभामुख सुवास नेम्बाङले सत्तापक्ष पत्रकार सम्मेलन र प्रतिपक्ष आमसभामा उत्रेर आफ्ना कुरा राख्ने क्रमलाई छाडेर संविधानसभा र सम्बन्धित संयन्त्रमा बसेर छलफल गरेर टुङ्गोमा पुग्न ध्यानाकर्षण गराउनुभएको थियो ।

उपप्रधानमन्त्री प्रकाशमान सिंह पूर्व सभामुख दमननाथ ढुङ्गाना प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधान लगायतले बोल्नु भएको उक्त कार्यक्रममा प्रधानमन्त्री कोइरालाले वरिष्ठ पत्रकार हरिहर बिरहीलाई यस वर्षको जनआन्दोलन स्वर्ण पदकबाट विभूषित सम्मानीत गर्नुभएको थियो ।