सोमवार, चैत्र १३, २०७९

सहमतिको रटान मात्र होइन व्यवहारमा रुपान्तरण गरेर देखाउ: प्रम कोइराला

पाँचथरमा गएर एकथरि बोल्ने, बाह्रबिगामा गएर अर्काेथरि बोलेर जनता भड्काउने काम नगर : अध्यक्ष ओली

काठमाडौ कात्तिक २४, सत्तारुढदल नेपाली काँग्रेस नेकपा एमालेद्दारा  राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन शक्ति पार्टी र दुई स्वतन्त्र सभासद सहितको सर्मथनमा तयार पारेको संविधानका मुख्य चार विवादित सवाल क्रमस राज्यको पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीको koirala_20140723092751प्रारुप तथा उक्त अवधारणामा भएको सहमतिलाई सार्वजनिक गर्न  आइतवार राजधानीमा  आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी लगायतका प्रतिपक्षीदहरुप्रती सङकेत गर्दै सहमतिको लागि सहमतिको रटान मात्र होइन व्यवहारमा रुपान्तरण गरेर देखाउँनु पर्नेमा जोड दिनु भएको थियो ।

नेपाली काँग्रेसका सभापति समेत रहेको प्रधानमन्त्री सुशील कोइराला एमाओवादी प्रजातान्त्रिक मूलधारमा आइसक्दा पनि किन यो वा त्यो भाषामा अराजक व्यवहारको प्रर्दशनमा लाग्नु राम्रे पक्ष नभएको बताउँदै एमाओवादी आफूले भनेजस्तो भयो भने सबै ठीक अरु दलका काम सबै बेठीक भन्ने मानसिकताले ग्रस्त रहेको दावी गर्नु भएको छ ।   त्यस्तै प्रम कोइरालाले यस अवसरमा माघ ८ गते संविधान जारी हुन्छ, ढुक्क हुनुहोस्, यसका लागि सबैको साथ र सहयोग आवश्यक पर्छ भन्नुभयो । उहाँले नयाँ संविधानले शान्ति, स्थायित्व, विकासको ढोका खुलाउने विश्वास व्यक्त गर्दै संविधान निर्माणका क्रममा हदैसम्मको लचकता अपनाउँने बताउँनु भएको छ।

त्यस्तै पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश र जनताको आवश्यकताअनुसार सात प्रदेशमा सहमति भएको हो, अब योभन्दा माथि जान नसकिने बताउँदै संविधानसभाभित्र र बाहिर रहेका दलहरूको साथ, सहयोग र विश्वासमा नै माघ ८ मा संविधान आउँने विस्वास व्यक्त गर्नु भएको थियो । साथै अध्यक्ष ओलीले पाँचथरमा गएर एकथरि बोल्ने, बाह्रबिगामा गएर अर्काेथरि बोलेर जनता भड्काउने काम एमाओवादी जस्तो जिम्मेवार दलले गर्नु आफैमा अशोभनीय भएको जिकीर गर्दै अअिले संवाद समितिका सभापति अस्वस्थ हुनुभएकाले बैठक बस्न नसकेको सन्चो भएपछि बैठक बेलाउँने विस्वास व्यक्त गर्दै पत्रकारहरुको जिज्ञासाका जवाफ दिनुभएको थियो ।

पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले संयुक्त प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो भने सम्मेलनमा नेकाका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्षद्वय विद्या भण्डारी र भीम रावल, राप्रपाका महामन्त्री दीपक बोहरा, बहुजन शाक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, स्वतन्त्र सभासद् अतहरकमाल मुसलमान र चन्द्रेश्वर झा लगायतको सहभागीता रहेको थियो । हुनुहुन्थ्यो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31