मङ्लबार, बैशाख १८, २०८१

तीन दलको आवासीय बैठक निष्कर्षविहीन,नेताहरु आ-आफ्नै अडानमा

काठमाडौं कात्तिक ५, नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सङगसङगै मुलकमा संविधानका विवादित विषयमा सहमति जुटाउन हिजोदेखि राजधानीको गोकर्ण रिसोर्टमा बसेको तीन दलका शीर्ष नेता सम्मिलित आवासीय बैठकमा आन्तरिक दुईपक्षीय तथा त्रिपक्षीय छलफल भएपनि विवादित प्रसङगमा सहमति जुटाउन सकेनन र बैठक 11102निष्कर्षविहीन बनेको छ ।
सहमति बनाउँन न्दै रिसोर्ट पुगेका नेताहरु आपसी अडानबाट टसमस नभएपछि बैठक निष्कर्षविहीन बनेको हो । स्रोतका अनुसार गोकर्ण रिसोर्टमा संघीयताबाहेक अन्य विषयमा दलहरु सहमतिको नजिक पुगिसकेको भने पनि बैठकबाट बाहिरिएका नेताहरुले पत्रकारहरुलाइ कुनै प्रतिक्रिया नदिनुले नेताहरुवीच कुरा नमिलेको सहजै बुझन सकिन्थ्यो । यद्यपी सहमति नभएपछि कात्तिक ९ गते फेरि बैठक गर्नेगरी नेताहरु छलफलबाट उठेको बुझिएको छ ।

त्यस्तै दलहरुबीच विवाद देखिएको संघीयता, शासकीय स्वरुय, न्याय प्रणाली र निर्वाचन प्रणालीको बिषयको अलाव अव संघीयतामा जाँदा प्रदेशको संख्या कति हुने र त्यसको नाम के राख्ने भन्नेमा चर्को विवाद रहेको बुझिएको छ । काँग्रेस र एमालेले सात प्रदेशको अवधारणा ल्याइरहेका छन् भने माओवादीले १० प्रदेशको अडान कायमै राखेको छ । संबिधानसभाको मङगलवारको बैठकले संवाद समितिलाई कात्तिक १५ गतेभित्र संबिधानको विवादित बिषयमा सहमति जुटाइसक्न तेस्रो पटक समय दिएको छ ।  बैठकमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा ९एमाले०का नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेता सहभागी रहेको थाहा भएको छ ।