बिहिबार, बैशाख १३, २०८१

नेपाल संवत ११३५ को अवसरमा मुलुकका प्रमुखदलका नेताहरुले के भने …?

मुलुकलाई राजनीतिक स्थायित्व दिन सफल हुने प्रेरणा मिलोस : अध्यक्ष ओली

KPकाठमाडौ कात्तिक ७, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११३५ को नयाँ वर्ष आगमनले नेपाली जनताको समृद्धिको सपना साकार पार्न प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले काठमाडाँै उपत्यकाका किसानलाई ऋणमुक्त गरेको जनविश्वासमा आरम्भ भएको नेपाल सम्वत्को आफ्नै मौलिकता र विशिष्टता रहिआएको उल्लेख गर्दै मुलुकलाई राजनीतिक स्थायित्व, दिगो शान्ति, सुदृढ लोकतन्त्र र सामाजिक–आर्थिक समृद्धिको दिशामा अगाडि लैजान आगामी माघ ८ गतेभित्र संविधान जारी गर्ने साझा सङ्कल्प पूरा गर्न यी पर्वले सबैलाई राजनीतिक सहमति, एकता र पारस्परिक विश्वासको बाटोमा अगाडि बढ्न प्रेरणा प्रदान गरुन् भन्ने कामन गर्नु भएको छ ।

संवतले नयाँ युगमा प्रवेश गर्ने ढोका खोल्ने विस्वास लिएको छुँ : अध्यक्ष दाहाल

resize_image-258x160एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल संवत् जनस्तरबाट सुरु गरिएको नेपालको पहिलो मौलिक संवत् भएको बताउँदै मुलुक नयाँ संविधान निर्माणको तयारीमा रहेको बेला मनाउन लागिएको यस संवत््ले नयाँ युगमा प्रवेश गर्ने ढोका खोल्ने विश्वास आफूले लिएको जनाउनुभएको छ ।  नेपालको संस्कृति, सहिष्णुता तथा भाइचारा सम्बन्धको प्रतिक भएको उल्लेख गर्दै उहाँले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ११३५ वर्षअघि समाज सेवामार्फत् सुरु गर्नुभएको यो संवत््लाई नेपालको मौलिक संवत््का रुपमा स्थापित गर्न पनि जनस्तरबाटै भूमिका खेलिएकामा खुसी प्रकट गर्नुभएको छ ।