काठमाडौं असोज १९, संबिधानको विवादित बिषयमा सहमति जुटाउन बसेको तीन दलको बैठकमा दलहरुले आआफनो अडानबाट तसमस नभए पछि बैठक बिना निष्कर्ष टुङगिएको छ । । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकपछि बोल्दै सरकारका उपप्रधानमन्त्री एवम एमाले उपाध्यक्ष बामदेव गौतमले दलहरु पुरानै अडानमा रहेकाले आजको बैठकमा सहमति हुन नसकेको पत्रकारहरुलाइ जानकारी दिएका छन । । यद्यपी उहाँले छलफल पछि छलफल गदै जाँदा अवश्य पनि सहमति कायम हुन्छ भन्दै प्रस्तावित विषयमा पुन छलफल गर्न भोलि फेरि छलफललाइ निरन्तरता दिइने बनाउँनु भएको छ ।
त्यस्तै संविधानको अन्तर्वस्तुका बारेमा गम्भीर छलफल भए पनि कुनै पनि विषयमा सहमति भने बन्न नसकेको पत्रकारहरुलाइ प्रतिक्रिया दिनु भएको थियो ।
आजको बैठकमा दलहरुबीच विशेषगरी संघीयता र शासकीय स्वरुपको बिषयमा बाँझिएका कारण सकमति बन्न नसकेको बुभिझएको छ । स्मरण रहोस दलहरुबीच विवादित बिषयमा सहमति कायम गर्नका लागी विधानसाले आगामी मंगलबासम्मको समयावधी दिएको छ । आजको बैठकमा काँग्रेसका सभापति एवम प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, कानुनमन्त्री नरहरि आचार्य र वनमन्त्री महेश आचार्य, एनेकपा ९माओवादी० का अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा, एमालेका अध्यक्ष केपी ओली शर्मा, नेता माधवकुमार नेपाल, विद्यादेवी भण्डारी, वामदेवगौतम र भिम रावल, महासचिव ईश्वर पोखरेललगायत नेताको सहभागीता रहेके थियो ।