मङ्लबार, बैशाख १८, २०८१

काग्रेस पदाधिकारीको बैठकमा प्रम मोदीको भ्रमणलाई ऐतिहासिक बनाइनु पर्नेमा जोड

काठमाडौँ श्रावण १३, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको सवालमा सत्तारुढ दल नेपाली काँग्रेसका पदाधिकारीहरुको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले छिमेकी मुलुकका प्रम मोदिको भ्रमणलाइ राष्ट्रिय हितमा कार्यान्वयन गर्दै भ्रमणलाइ एैतिहासिक बनाइनु पर्नेमा विशेष जोड दिएका छन ।

बैठकमा सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष चित्रलेखा यादव सहमहामन्त्री पूर्णबहादुर खड्का, र प्रवक्ता दिलेन्द्रप्रसाद बडु लगायतका नेताहरुको उपस्थितमा भएको उक्त बैठकले सरकारको नेतृत्व गरिरहेका आफ्नो पार्टीका मन्त्रीहरु सङग पनि प्रम मोदिको भ्रमणको लागि भइरहेको तयारीका सम्बन्धमा जानकारी लिदै नेपाल सरकारको तर्फबाट भारत सरकारलाई ऊर्जा, अन्तर्राष्ट्रिय प्रसारण लाइनको निर्माण लगायतका बृहत् परियोजना सञ्चालमा सहयोग गर्न आग्रह गर्नु पर्नेमा छलफल भएको बैठक पछि काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले पत्रकारहरुलाइ जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकमा नेपाली काँग्रेसको आसन्न १३ औ महाधिवेशन, संविधानसभाका समितिका सभापतिको चयनका लागि हुन गइरहेको निर्वाचन लगायतका प्रसङगमा छलफलभएको प्रवक्ता बडुले जानकारी दिनु भएको छ ।