शुक्रबार, बैशाख १४, २०८१

साताव्यापी उपचार पछि एमाले अध्यक्ष ओली आज स्वदेश फर्किय

सरकार गठनका बेला भएका सहमति कार्यान्वयन तर्फ लागि पर्ने दिए जनाउ

काठमाडौं श्रावण १३, गत श्रावण ६ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका एमाले अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उनको उपचार गराउँदै साताव्यापी उपचर पछि स्वास्थ्यमा सुधार आएपछि नेता ओली आज स्वदेश kp oli_20140715064012फर्किएका हुन् ।

स्वदेश फकिने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले आफू स्वस्थ्य भएर फर्केकाले अब पार्टीको काममा पनि स्वस्थ्य रुपमा  अगाडि बढ्ने बताउँदै  सरकार गठनका बेला कांग्रेस- एमालेबीच राष्ट्रपति र उपराष्ट्रपति संसदबाट अनुमोदन गराउँने सम्बन्ध्मा भएको सहमति कार्यान्वयन गर्दै २६ सभासदको मनोनयन लगायतका प्रमुख मुद्धाहरुको सिघ्रतिसिघ्र कायान्वयन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताउँनु भएको छ ।