मङ्लबार, बैशाख १८, २०८१

बम विस्फोटमा परी एकको मृत्यु, आठ घाइते

लहान श्रावण ११, लहान गोविन्दपुर गाविस–७ रनाहा टोलमा आज दिउँसो बेवारिसे बम बिष्फोट हुँदा एक नाबालकको मृत्यु भएको छ भने अन्य चार बालबालिकासहित RGD5_bआठ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा गोविन्दपुर–७ का १० वर्षीय रामकुमार महतो रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

त्यस्तै प्रहरीले गम्भीर घाइते भएका सात जनाको लहानस्थित फ्रेण्डस् मोडल हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि विराटनगर रिफर गरिएको जनाउँद विस्फोटमा परी घाइते हुनेमा १५ वर्षीय जीवनकुमार महतो, १३ वर्षीया पुनमकुमारी यादव, १२ वर्षीया गनिताकुमारी महतो, ८ वर्षीया सविताकुमारी महतो, २५ वर्षीया ललितादेवी महतो, २४ वर्षीया निर्मलादेवी महतो, ३५ वर्षीय विष्णुदेव महतो र ४० वर्षीय श्रीदेव महतो रहेको जनाएको छ । घर नजिकै रहेको बारीमा भेण्टा गोड्दै गर्दा खेलौना जस्तो वस्तु देखेपछि ललितादेवीले बोकेर ल्याएको बम घरको आँगनमा विस्फोट भएको बुझिएको छ ।