शुक्रबार, बैशाख १४, २०८१

अवैध भारतीय रुपैयाँको सटही कारोबारी साह पक्राउ

काठमाडौं श्रावण १२, जिल्ला प्रहरी कार्यालय पर्साले शनिवार रु पाँच लाख ९० हजार भारतीय रुपैयाँसहित वीरगन्जको घण्टाघर चोकबाट सन्दीपकुमार साहलाई पक्राउ pakrauगरेको छ । वीरगन्ज उपमहानगरपालिका वडा नं १० पानीटङ्की बस्ने साह नेपालमा ठूलो परिणामम प्रतिबन्धित भारतीय ५०० र हजारको नोटसहित आउँदै गरेको सूचनाको आधारमा प्रहरील् निजलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार निजको साथबाट ५८४ थान हजारका र ५०० दरको १२ थान नोट बरामद भएको बताइएको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहलाइ उदृत गर्दै प्राप्त समाचरमा निज शाहलाई आवश्यक कारबाहीका लागि शनिबारै राजस्व अनुसन्धान विभाग हरिहर भवन काठमाडौँ पठाइएको जानकारी दिदै  साहले अवैधरुपमा भारतीय रुपैयाँको सटही कारोबार गर्दै आएको अनुसन्धानबाट देखिएको जानकरी दिनु एको छ।