मङ्लबार, बैशाख १८, २०८१

ब्राजिल पराजित भएपछि किशोरीले ज्यान फालिन

काठमाडौँ आषाढ २५, विश्वकप फुटबल अन्र्तगत गएराती भएको सेमिफाइनल खेलमा खेलमा ब्राजिलले जर्मनीसँग पराजित भए पछि सुनसरी  भरौल–८ पिडारीकी १५ वर्षीया किशोरी प्रज्ञा थापाले आज बिहान आफ्नै कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी छिन् ।

ब्राजिलको पराजय प्रति दुःख व्यक्त गर्दै गरेकी प्रज्ञाले खानासमेत खान नमानी आफ्नो कोठामा गएकी थिइन् । उनलाई आफन्तजनले मृत अवस्थामा फेला पारेका स्थनीय प्रहरीलाई उदृत गर्दै प्राति समाचारमा उल्ल्ेख गरिएको छ ।आजै जिल्ला अस्पताल इनरुवामा शवको परीक्षण गरी परिवारलाई बुझाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।