मङ्लबार, बैशाख ११, २०८१

स्थानीय निकायको निर्वाचन गराउनुको विकल्प छैन : उपप्रधानमन्त्री सिंह

हेटौँडा आषाढ २९ ,  जिल्ला विकास समिति मकवानपुरद्दारा  शनिवार विहान  आयोजित कार्यक्रलाइ सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले आम जन लागि सरोकारका विकासका पूर्वाधारको निमाणको अलावा उक्त पूर्वाधारको न्यायोचीत बाँडफाँडका लागि स्थानीय निकायको निर्वाचन गराउँनुको विकल्प नभएको बताउनु भएको छ ।

त्यस्तै उपप्रम सिहंले विगत देढ दशक यता देखि जनप्रतिनिधी विहीन रहेका कारण स्थानीय नीकायबाट पाउँनु पर्ने यावत सेवा सुविधा बाट समेत सेवाग्राही बन्चीत हुनु परेको तितो यर्थाथता हामीमाझ रहेको भन्दै यि यस्ता यावत समस्या समाधनका लागि सरकारले छिट्टै स्थानीय निर्वाचन गराउन गृहकार्य गरिरहेको बताउनु भएको छ । साथै उहाँले मुलुकमा पर्यटन क्षेत्रको विकास र आर्थिक संवृद्धिका लागि काठमाडौँ र निजगढ जोड्ने फास्ट ट्र्याक र सुरुङमार्ग निर्माणका लागि सरकारले उच्च प्राथमिकताका साथ लगानी गर्ने बताउदै जिल्लाको समग्र विकास निर्माणमा जिविसले पारदर्शी र निष्पक्ष भई योजना र बजेट बाँडफाँड गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा विशेष जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

कार्यक्रममा मकवानपुर जिविसका स्थानीय विकास अधिकारी गोकर्णप्रसाद शर्माले चालु आर्थिक वर्षभित्र जिल्लामा विकास निर्माणको योजना पर्यटन र घरेलु क्षेत्रमा स्तरोन्नतिका लागि भइरहेका प्रयास सम्बन्धमा चर्चा गर्दै यस विचमा भएको उपल्बधीका बारेमा प्रकास पार्नु भएको समाचारमा उल्लेख गरिएको छ ।

यसैवीच मकवानपुर काँग्रेसले आयाजना गरेको पार्टी प्रबेश तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेसका माहामन्त्री समेत रहेका उपप्रम सिहले अवका दिनमा नेपाल काँग्रेसले यो गुट वा त्यो टुटको नाममा भन्दा पनि आम कार्यकर्ताका मनोभावना अनुरुप देसव्यापी कार्यक्रमको आयोजना गर्ने बताउँनु भएको छ ।   साथै उहाँले  रु पाँच करोड रकम व्यक्तिगत रुपमा सांसदले प्रयोग गर्न नपाउने गरी प्रत्येक निर्वाचन क्षेत्रमा उपलब्ध गराइने भएकाले सोको दुरुपयोग नहुनेतर्फ सबैको ध्यानाकर्षण गराउँद  नेता र कार्यकर्तालाई गुटबन्दीबाट अलग रही सङ्गठन सुदृढीकरण गर्न निर्देशन दिनुभएको थियो ।

त्यस अवसरमा उहाँले राप्रपा नेपालका पूर्व केन्द्रीय सदस्य लगायत अन्य विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेको ३सय भन्दा बढी व्यक्तिहरुलाइ काँग्रेसको सदस्यता वितरण गर्नु भएको थियो । तस्विर: युपी लामिछाने