मङ्लबार, बैशाख १८, २०८१

सविधान जारी गर्ने सवालमा सहमति हुन सकेन भने विधि र प्रक्रियागत रुपबाट संविधान जारी गर्छौ : उप प्रम सिंह

काठमाडौँ आषाढ ११, उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले पाल्पाको तानसेनमा सम्पदा प्रतिष्ठानद्धारा स्थापित  पाल्पा संग्रहालयको उद्घाटन गर्दै मुलकमा शान्ति तथा राजनीतिक स्थायित्व कायम गर्नका लागि लागि समयमानै सहमतिको संविधान जारी गर्नु पर्ने र यसको लागि अधिकतम् सहमति गर्न काँग्रेस पछि नपर्ने बताउँनु भएको छ ।

त्यस्तै उपप्रम सिंहले  सम्बोधनको क्रममा उहाँले भने सकेसम्म अधिकतम् सहमति बनाउदै सवैलाइ समेटेर संविधान जारी गर्ने प्रयास हुन्छ । त्यसका लागि सरकारले समन्वयकारी भूमिका निर्बाह गर्छ । यदि सहमति हुन सकेन भने विधि र प्रक्रियागत रुपबाट संविधान जारी गर्छौ ।यसमा कुनै कम्परमाईज गरिने गुन्जायस नरहने बतउँनु भएको छ ।

साथै मन्त्री सिंहले संविधान निर्माणको कार्यतालिका अनुसार नै संविधानसभाले काम आवश्यकता अनुरुपको स्पिरिडमा भईरहेको भन्दै माघ ८ भित्रै नयाँ संविधान जारी हुनेमा निश्न्ति रहन पनि आग्रह गर्नु भएको प्राप्त समाचारमा जनाईएको छ ।

साथै  जनताको अपेक्षा विकाससँग जोडिएकाले सरकारले विकास निर्माणका कामलाई उच्च प्राथमिकरण गर्दै मुलुकलाई समृद्धिको बोटमा लैजान सवै दल मिलेर अघि बढ्नु पर्ने र यसका लागि काँग्रेस सवै दललाई सहमतिमा ल्याएर सहकार्य सहित अघि वढ्न तयार रहेको वताउँनु भएके थियो ।
यसैवीच उहाँ ले आजै साक्षरोत्तर र निरन्तर शिक्षा अवको आवश्यता भन्ने मूल नाराका साथ पाल्पा जिल्लालाई पूर्ण साक्षर जिल्लाको प्रारुपमा पहिचान गर्दै अयोजना गरिएकोएक कार्यक्रमका वीच अ‍ैपचारिक घोषणा  गर्नु भएको छ । कायक्रममा काँग्रेस केन्द्रीय सदस्य नविन्द्र जोशी,सभासद सोम प्रसाद पाण्डे लगायतका वक्ताहरुले पाल्पा जिल्लाका हरेक नागरिकमा शिक्षा क्षेत्र प्रतिको प्रतिको बढ्दो लगाव आफैमा महत्वपूर्ण भएको बताउँनु भएको थियो ।