शनिबार, बैशाख १५, २०८१

नासु भुसाललाई निलम्बन गर्न अख्तियारको निर्देशन

काठमाडौँ आषाढ १०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर भन्सार कार्यालयका नायब सुब्बा टोपबहादुर भुसाललाई अकुत सम्पत्ति kanchanpur_districtआर्जन गरेको र सम्पत्ति लुकाउने प्रयोजनले बहुविवाहसमेत गरेको अनुसन्धानबाट देखिएकाले निलम्बन गर्न भन्सार विभागलाई निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार नासु भुसाललाई पदमा नै राखी अनुसन्धान गर्दा आफूविरुद्धको प्रमाण नष्ट गर्नुका साथै थप अनुसन्धानमा समेत बाधा पु-याउन सक्ने भएकाले आयोगको ऐन, २०४८ को दफा १९ को उपदफा ३ बमोजिम तत्काल निलम्बन गर्न निर्देशन आयोगले निर्देशन दिएको हो ।