मङ्लबार, बैशाख २५, २०८१

श्रीमतीलाई जिउँदै जलाएर मार्ने प्रयास

बाँके ज्येष्ठ २१,बाँके जिल्लाको परसपुरमा आज दिउँसो एक महिलालाई जिउँदै जलाएर मार्ने प्रयास असफल भएको छ । परसपुर गाविस–७ की २४ jiudai-jalaudaiवर्षीया अमृता बाल्मिकीलाई मट्टितेल छर्केर जलाएर मार्ने प्रयास भएको हो । सशस्त्र प्रहरी औद्योगिक दस्ता नेपालगन्जमा कार्यरत प्रहरी जवान मनोज बाल्मिकीले रक्सी सेवन गरी श्रीमतीलाई कोठामा बन्द गरी जीउमा मट्टितेल खन्याएर आगो लगाउने प्रयास गरेका थिए ।

श्रीमान्ले जीउमा मट्टितेल खन्याएपनि स्थानीयवासीको सहयोगमा अमृतालाई आगोबाट बचाउन सकिएको स्थानीय रुबी खानले जानकारी दिए । श्रीमान्को कुटाइ र मट्टितेलको गन्धका कारण बेहोस बनेकी अमृताको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आगो लगाउने प्रयास गर्ने श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । -रासस

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031