बिहिबार, बैशाख १३, २०८१

बाँदरमुढे घटनाको नौ वर्ष पूरा, पीडितको पीडा अझै उस्तै

चितवन ज्येष्ठ २३, तत्कालीन नेकपा माओवादीले यात्रुवाहक बसमा बम विस्फोट गराएको माडी बाँदरमुढे घटना भएको आज नौ वर्ष पूरा भएको छ । घटना भएको दशक पुग्न लाग्दा पनि घटनाका पीडितहरुले भने उचित राहत पाउन सकेका छैन । घटना पीडित समितिका उपाध्यक्ष लेखनाथ Chitwan_20130302085537अधिकारीले अझै पनि घाइतेहरुको नियमित उपचार गर्नुपर्ने अवस्था रहेको र धेरैले उचित राहत पाउन नसकेको बताउनुभयो ।

उहाँले पीडितहरु झन् पीडित बन्दै गएको भन्दै सहयोग गर्न सरकारसँग आग्रह गर्नुभएको छ । माओवादीले घटनामा गल्ती भएको स्वीकार गरेको भए पनि राहत ल्याउन भने सकेको छैन ।

द्वन्द्वको समयमा तत्कालीन नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परी विसं २०६२ जेठ २३ गते आजकै दिन ३८ सर्वसाधारणले ज्यान गुमाएका थिए । अन्य ७५ जना घाइते भएका थिए । करिब १५० यात्रु बोकेर माडीको बगईबाट नारायणगढ आउँदै गरेको ना१ख ३२४५ नम्बरको यात्रुबस विस्फोटमा परेको थियो । समितिका अध्यक्ष मुक्ति न्यौपाने न्याय त परै जाओस् पीडितले राहतसमेत पाउन नसकेको भन्दै दुखेसो गर्नुभयो ।

आफ्ना अभिभावक गुमाएका बालबालिकाको अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको र घाइतेहरुको पीडासमेत बल्झिँदै गएको अध्यक्ष न्यौपानेको भनाइ छ । आजको दिनलाई कालो दिनका रुपमा सम्झिएको घटनाका पीडितहरुको भनाइ छ । पीडित र नेपाली सेनाको सहयोगमा यहाँ उनीहरुको सम्झनामा स्मारक बनाइएको छ । आज सोही घटनाको सम्झनामा घटना पीडितहरुले विशेष कार्यक्रमको आयोजना गरिँदैछ । घटनामा परी ज्यान गुमाएकाको सम्झनामा कार्यक्रम गर्न लागिएको समितिले जनाएको छ । रासस