बुधबार, बैशाख १९, २०८१

प्रमुख तीन दलको बैठक निष्कर्ष विहिन

काठमाडौ वैशाख २९, २६ सभासद्को मनोनयन, राजनरत नियुक्ती न्यायाधीश नियुक्ति र सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठन लगायतका विषयमा सहमति कायम गर्न आज विहान बसेके प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीबीचको बैठक विना सहमति टुङगीएको 3 dallछ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रस्तुत बैठकमा काँग्रेसका तर्फबाट सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, महामन्त्री एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंह, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य एवम् अर्थमन्त्री डा रामशरण महत र केन्द्रीय सदस्य एवम् कानुनमन्त्री नरहरि आचार्य, एमालेतर्फबाट वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री नेपाल, उपाध्यक्ष एवम् उपप्रधानमन्त्री वामदेव गौतम, उपाध्यक्ष विद्यादेवी भण्डारी र महासचिव ईश्वर पोखरेल तथा एमाओवादीका तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र बोगटीको सहभगिता रहेको थियो ।

  स्रोतका अनुसार बैठकमा प्रस्तावित विषयमा दलीय भागबण्डामा कुरा नमिलेपछि साझा रुपमा सभासद् मनोनित गर्ने विषयमा छलफल भएपनि निर्णय कुनै तिनिगत निर्णय गर्न नसकेको बुझिएको छ। तर बैठकमा सहभागी नेतहरुका अनुसर आजको बैठकमा प्रारम्भिक छलफल मात्र भएकाले मङ्गलबार बस्ने बैठकले प्रस्तावित विषयमा नितिगत निर्णय गर्नै बताईएको छ ।