बिहिबार, चैत्र १५, २०८०

२६ सभासद एवम् राजदूत नियुक्तिको भागवण्डा मिलाउन प्रमुख तीन दलको बैठक बस्दै

काठमाडौं बैशाख २९, प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका नेताहरुको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास 3 dallबालुवाटारमा बसेको बैठकमा संविधानसभामा मन्त्रिपरिषदले मनोनित गर्ने २६ सभासदको मनोनयन, विभिन्न देशमा रिक्त रहेका राजदूतको नियुक्तिलगायत विषयमा छलफल चलिरहेको बुझिएको छ ।
बैठकमा एमाओवादीले सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस गरिएका न्यायाधीशको निर्णय सच्चाउन भनेको छ । भोलिबाट शुरु हुने संविधानसभा बैठकबारे पनि छलफल हुने बताइएको छ ।लामो समयपछि बस्दै गरेको आजको बैठकमा संविधानसभा बाहिर रहेका दलहरुलाई सहमतिमा ल्याउने प्रक्रिया र संविधान निर्माणका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।