मङ्लबार, बैशाख १८, २०८१

मन्त्रिमण्डल विस्तार गर्न बसेको कांग्रेस संसदीय समिति बैठक अनिर्णीत

 काठमाडौँ फागुन ९, काँग्रेस सभापति एवम प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नेतृत्वको सरकारलाइ पूर्णता दिन भन्दै पार्टी संसदीय समितिको केन्द्रीय   

BP_smriti_bhawan_Nepali_congressकार्यालय सानेपामा आज बसेको बैठक मा विशेष छलफल अन्र्तगत पार्टीबाट मन्त्��िमण्डलमा क–कसलाई पठाउने भन्नेबारेमा छलफल भएपनि औपचारिक रुपमा कुनै नितिगत निर्णय भने गर्न सकेनन ।

विशेष गरि सरकारका सहयात्री नेकपा एमालेले उठान गर्दै आएको गृह मन्त्रालय विवादका कारण आजको बैठकले त्यस्तो कुनै निर्णय गर्न नसकेको बताइएको छ । तर स्रोतका अनुसार आज अवेर सम्ममा नेकपा एमाले संग फेरि छलफल सहित नाम माग गरिने र छलफल सकारात्मक भए पनि नभएपनि बेलुकासम्म काँग्रेस भित्रबाटै मन्त्री नियुक्त गरेर सरकार विस्तार गर्नै पक्षमा काँग्रेस रहेको बुझिएको छ ।