शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस र एमाले संविधान भन्दा पनि सत्ता लिप्सामा अल्झेको नेता यादवको आरोप

 काठमाडौँ फागुन ९, मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेस र नेकपा एमालेबीचको गृह मन्त्रालय विवादका कारण एक yadavवर्षभित्र पनि संविधान नबन्ने स्थिति आएको बताउनुभएको छ । रिपोटर्स क्लबद्वारा राजधानीमा आयोजित अन्तरसंवाद कायक्रममा बोल्दै नेता यादवले अहिले दलहरु संविधान निर्माणभन्दा पनि सत्ता लिप्सामा अल्झेको बताउँनु भएको छ ।

त्यस्तै नेता यादवले केही मधेसी दलबीच एकताको प्रयास भइरहेको जानकारी दिँदै कसैलाई मन्त्री, सभासद् वा कसैलाई कुनै पदमा लैजान नभई मधेसी जनविद्रोहले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्न, विभेदरहित समाज र सङ्घीयतासहितको संविधान निर्माण गर्न पार्टी एकता हुन गइरहेको पनि बताउँनु भएको छ ।