मङ्लबार, बैशाख १८, २०८१

काँग्रेस नेतृत्वको सहमतिय सरकार गठनको लागि आज भएको अन्तिम प्रयास असफल

 काठमाडौं माघ १९, संविधानसभाका ठूला दल नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने नेपाली कांग्रेसले आज susil kगरेको अन्तिम प्रयास पनि असफल भएको छ । सहमतिय सरकार गठनका लागि आज काँग्रेसले तेस्रो पटक बोलाएको सर्वदलीय बैठकमा एमाओवादी र राप्रपा नेपालले प्रतिपक्षमा बस्ने औपचारिक जनाकारी गराएपछि सहमतीय सरकार गठनको प्रस्ताव औपचारिक रुपमानै असफल भएको हो ।

संविधानसभामा प्रतिनिधित्व रहेका ३० दल मध्ये १६ दलले मात्र काँग्रेसको प्रस्तावमा सहमति जनाएको र एमाओवादी राप्रपा नेपालल गायतका दलले प्रस्तावको विपक्षमा आफ्नो राए प्रस्तुत गरे संगसंगै मुलुकमा अव बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ ।  त्यस्तै आजको बैठकको समापन संगसंगै कांग्रेसले सहमतीय सरकार नबन्ने राष्ट्रपतिलाई जानकारी गराइसकेको छ । अब राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ को २ अनुसार बहुमतीय सरकार गठनका लागि आह्वान गर्नुहुनेछ ।